रियल मड्रिडलाई ला लिगाको उपाधि

रियल मड्रिडलाई ला लिगाको उपाधि

केन्द्रबिन्दु
0
Shares

रियल मड्रिडले ३५औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ ।

शनिबार राति लिग जित्न एक अंक आवश्यकता रहेको अवस्थामा रियलले  स्पानियोललाई ४-० अन्तरले हरायो । रियलले ४ खेल बाँकी रहँदै १७ अंकको अग्रता बनाएर उपाधि जितेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे । यस्तै करिम बेन्जेमा र मार्कुस एसेन्सियोले एक- एक गोल गरे । जितसँगै रियल ३४ खेलबाट ८१ अंक सहित शीर्ष स्थानमा छ  ।  पराजित स्पानियोल ३९ अंक जोडेर १४औं स्थानमा छ ।

रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बने । एन्सेलोटीले यस अघि प्रिमियर लिग, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानको उपाधी जितेका थिए ।

 

Logo