एमालेले गर्‍याे ६ सदस्यलाई पार्टीबाट निष्काशन

एमालेले गर्‍याे ६ सदस्यलाई पार्टीबाट निष्काशन

केन्द्रबिन्दु
0
Shares

पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको छ। आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध लागेको भन्दै सो पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको हो।

यसरी निष्काशित हुनेहरूमा कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्यूठानका टिकाबहादुर गुरुङ, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव रहेका छन्।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले सोमबार विज्ञप्ति जारी गरि ६ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्काशन गरिएको बताएका हुन्। 

पार्टीमा देखिएको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै सिंगो पार्टीपंक्ति चुनावी अभियानमा होमिएको बेला एकतावद्ध भएर निर्वाचनमा लाग्न आग्रह गरिएको छ।

Skip This
Skip This
Logo