अहिलेको समय भनेको सूचना तथा प्रविधिको समय हो । यसै कुरालाई मध्यनजर गरि हरेकवर्ष मे महिनाको २ तारिखमा नेपालमा राष्ट्रिय सूचना प्रविधि दिवस मनाइन्छ।
नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरे वापत लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ द्वारा सम्मानित गरिएको छ।
शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विगत २३ वर्षदेखि नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ। एलबीईएफ ग्रुप अफ इन्स्टिच्युट अन्तर्गत लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, पाटन कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज, जनकपुर, अक्षर विद्या मन्दिर, जनकपुर र इन्टरनेशनल स्कूल फर स्कील्स पर्दछन्।
नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ द्वारा सम्मानित ई. पंकज जालान विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा कार्यरत हुनुका साथै विभिन्न पदमा रही विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न छन् । उनले यो अवार्ड आफ्ना काका तथा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका संस्थापक स्व. परमानन्द केजरीवाललाई समर्पण गरेका छन् ।





























प्रतिक्रिया