काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये विवेकशील नेपाली दलले राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णयको विरोध गरेकोे छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील दलले उक्त निर्णयको विरोध गरेको हो । पछिल्लो समय राष्ट्रिय सभालाई प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्तिहरुको थलो बनाउन लागिएको विवेकशीलको आरोप छ ।
त्यस्तै भारत–चीनको विवादित सीमा क्षेत्रबाट चिनियाँ जनमुक्ति सेनाले आफ्ना पाँच जना नागरिकहरूलाई अपहरण गरेको आरोपमा चीनलाई सचेत गराएको भारतीय एक मन्त्रीले बताएका छन् । भारतका रक्षामन्त्री राजनाथ सिंह तथा चिनियाँ समकक्षी जनरल वेई फेङबीच मस्कोमा भेटवार्ता भएका बेला ती मन्त्रीले सो कुरा बताएका हुन् ।
सत्तारुढ दल नेकपा निकट अखिल नेपाल किसान महासंघले जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयको चर्को विरोध गरेको छ । मंगलबार महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् ।
त्यस्तैगरी म्याच फिक्सिङको आरोप लागेका तत्कालीन फुटबल कप्तान सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको सोमबार पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाई पाएको उल्लेख गरिएको हो ।
काँकडभिट्टा–इनरुवा खण्डको १ सय ६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ५४ वटा ठेक्का प्रक्रिया रद्द भएको छ । बोलपत्र मूल्यांकन समितिले कोरोना महामारी र जग्गा प्राप्ति तथा ‘साइट क्लियरेन्स’ तत्काल गर्न नसक्ने भएकाले रेल, मेट्रोरेल र मोनोरेल डेभलपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जनाएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया