पुलिसको दुवै टोलीलाई सफलता

पुलिसको दुवै टोलीलाई सफलता

केन्द्रबिन्दु
0
Shares

दुई विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबीबी–एनभीए  राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा बुधबार जित निकालेका छन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलामा सम्पन्न खेलमा महिला तर्फ पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।

बुधबार नै भएको महिला तर्फको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्यू डायमण्ड स्पोटर््स क्लबलाई पनि सोझो सेटमा हरायो । आर्मीले न्यु डायमन्डमाथि २५–१६, २५–१२, २५–१२ को जित निकालेको हो ।

जितसँगै नेपाल पुलिसले दुई खेलबाट ६ अंक बनाएको छ भने आर्मीले  तीन खेलबाट ६ अंकनै रहेको छ । यस्तै नेपाल एपिएफ क्लबको ३ अंक, एभरेष्ट भलिबलको २ अंक र न्यू डायमण्डको १ अंक रहेको छ ।

राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष तर्फको प्रतिस्पर्धामा भने हेल्प नेपालले एपिएफ माथि ३–१ को सेटमा जित निकाल्यो । हेल्प नेपालले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित गरेको हो ।

अर्को खेलमा पुलिसले गण्डकीलाई पराजित गरेसँगै ९ अंक बनाएको छ । यस्तै हेल्प नेपालको ८ अंक छ भने आर्मीको ९ अंक छ । यस्तै एपिएफको ३ अंक, गण्डकीको ४ र गलकोट अंक बिहीन छ । 

Skip This
Skip This
Logo