सत्ता गठबन्धनको भरतपुरमा सभास्थल जलमग्न : के होला आमसभा ?

सत्ता गठबन्धनको भरतपुरमा सभास्थल जलमग्न : के होला आमसभा ?

केन्द्रबिन्दु
0
Shares

देशका विभिन्न स्थानमा संयुक्त आम सभाको आयोजना गरेको सत्ता गठबन्धनको आज चितवनको भरतपुरमा आमसभाको आयोजना गरेको छ ।

तर गएराति देखिको वर्षाका कारण आमसभा स्थल भरतपुर बसपार्क भने जलमग्न बनेको छ । रातभर परेको पानीले मञ्च जलमग्न भएको हो। आम सभा स्थलमा सजाइएका झन्डा, ब्यानरहरु पनि डुबेका छन् । गठबन्धनको संयुक्त आमसभालाई सम्वोधन गर्न प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरु हिंजै चितवन पुगिसकेका छन् तर सभा स्थल नै जलमग्न भएपछि अन्योल भएको छ ।

भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् । काँग्रेसका जगन्नाथ पौडेलको गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । भने, नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । 

Logo