ठूलो मूल्य चुकाएर ओलीबाट ज्ञान प्राप्त गरेको छु : पुष्पकमल दाहाल

ठूलो मूल्य चुकाएर ओलीबाट ज्ञान प्राप्त गरेको छु : पुष्पकमल दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको संयुक्त सभालाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले लाल सलाम र जय नेपाल दुवै शब्दावलीको प्रयोग गरेका छन् । उनले ओलीबाट ठूलो मूल्य चुकाएर ज्ञान प्राप्त गरेको समेत बताए । उनले भने म लक्किरको फकिर होइन । म अब दायाँ बायाँ गर्दिन। 

नेपाल कांग्रेसका नेता तथा कार्यकर्ताबीच ‘जय नेपाल’ प्रचलनमा रहेको थियो भने कम्युनिस्ट नेता तथा कार्यकर्ताबीच ‘लाल सलाम’ शब्दावली प्रचलनमा रहेको थियो । तर, प्रचण्डले आज सम्बोधन गर्दा एकसाथ दुवै शब्दाली प्रयोग गरे । 

‘आदरणीय जनसमुदाय लाल सलामा र जय नेपालको अभिवादन,’ अध्यक्ष प्रचण्डले भने । 

लाल सलाम र जय नेपालको प्रयोग सम्बोधनका क्रममा एकसाथ भन्ने सुरुवात २०४६ सालका जनआन्दोलन अघिबाट भएको दाबी उनले गरे । कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन सुरु गर्दा लाल सलाम र जय नेपालले सम्बोधन गर्न थालिएको उनले बताए । 

Skip This
Skip This
Logo