गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन तरुण दलले गठन गर्‍यो परिचालन समिति

गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन तरुण दलले गठन गर्‍यो परिचालन समिति

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशमा ‘तरुण परिचालन समिति गठन गरेको छ।

कांग्रेस उपसभापति एवं कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले प्रदेशहरुमा ‘स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचलान समिति’ गठन गरेको हो।

तरुणका अध्यक्ष विद्वान गुरुङका अनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समिति परिचालन हुनेछ।

तरुणले प्रदेश १ मा प्रभाकर थापा ‘संजय’, मधेसमा लोकेस सिंह, बागमतीमा कृष्णजी खड्का, गण्डकीमा मनोज गुरुङ, लुम्बिनीमा शक्तिसिंह ठकुरी र सुदूरपश्चिममा विष्णु ऐडीको संयोजकत्वमा समिति गठन गरिएको हो।

Skip This
Skip This
Logo