गोली र सालकको खपटासहित टेकुबाट एकजना पक्राउ

गोली र सालकको खपटासहित टेकुबाट एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी रहेका छन् । 

काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरि अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

Logo