नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता नपाएर देशमा विकासले गति लिन नसकेको बताएका छन् ।
रत्नपार्कस्थित शान्ति बाटिकामा जारी पाँच दलीय गठबन्धनको चुनावी सभा सम्बोधन गर्दै उनले भने, ‘राजनीतिक स्थिरता नपाएर विकास हुन सकेको छैन। स्थिरतामाथि किन प्रहार भइरहेको हुन्छ। किन नेपालले मौका नपाउने ?’
उनले केही समयका लागि मात्रै पनि राजनीतिक स्थिरता कायम गर्न सके देशले आर्थिक संकट भोग्न नपर्ने पनि जिकिर गरे। परिवर्तनलाई बचाउन, संविधान जोगाउन, गणतन्त्र र लोकतन्त्र संस्थागतका लागि जोगाउनका लागि पाँचदलीय गठबन्धन बनेको
‘केही समयमात्रै पनि राजनीतिक स्थिरता हुन सक्यो भने आर्थिक संकट भोग्न पर्दैन,’ उनले भने, ‘स्थिरता कायम गरेरमात्र देश विकास हुन्छ।’































प्रतिक्रिया