नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी वसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो ।
समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ संशोधनसहित को नियम २७ को उपनियम ९४० अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य-सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।
उनी हाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । आगामी ८ जेठमा उनी ५६ वर्षे उमेर हदका अनिवार्य अवकाश पाउनेछन् ।





























प्रतिक्रिया