नेपाललाई जिम्बाब्वे ए द्वारा ८८ रनको लक्ष्य प्रस्तुत

नेपाललाई जिम्बाब्वे ए द्वारा ८८ रनको लक्ष्य प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

दोस्रो एकदिवसीय खेलमा जिम्बाब्वे ए ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो ।

नेपालको धारिलो बलिङ सामू जिम्बाब्वेका  जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए। अन्य खेलाडीले खासै उल्लेखनीय योगदान पुर्‍याउन सकेनन्। नेपालका सोमपाल कामी र करण केसीले समान तीन विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो। त्यसैले आज नेपाल शृंखला बराबरीमा ल्याउने दाउमा हुनेछ। नेपाल शृंखला बराबरीमा ल्याउने लक्ष्यमा रहँदा जिम्बाब्वे भने जित निकाल्दै १ खेल अगावै शृंखलामाथि कब्जा जमाउन चाहन्छ। पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा सुशन भारी र आदिल अन्सारीलाई बेन्चमा राख्दा विनोद भण्डारी र सुनिल धमलालाई सेटमा राखिएको छ।

नेपाली टिम:
सन्दीप लामिछाने (कप्तान)  मोहम्मद आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला ।

Logo