राजधानीस्थित तीनकुनेमा रहेको आइएसएमटी कलेजले मध्यपुर अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शनिवार कलेजको प्रङ्गडमा भएको उक्त शिविरमा तीनकुने आसपास रहेका सर्वसाधारणले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।
कलेजमा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक अभ्यासको रूपमा मध्यपुर ठिमी अस्पतालसँगको सहकार्यमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको कलेजकी एशोसिएट प्रोग्राम हेड हेमा पौडेलले बताइन् ।
उनले भनिन् ‘आजको स्वास्थ्य शिविर चाहिँ मेरै विषय अन्तर्गत विद्यार्थीहरूले समुदायलाई लाभ दिने किसिमको प्रयोगात्मक अभ्यास गर्नुपर्ने थियो । त्यसैको अभ्यासको रूपमा विद्यार्थीहरूले आयोजना गर्नुभएको हो ।’
त्यस्तै मध्यपुर अस्पतालका डाक्टर मुकेशले काठमाडौँ उपत्यका भित्रै शिविर सञ्चालन गर्न पाउँदा उत्कृष्ट अनुभव भएको बताएका छन् । उनले भने ‘आजको अनुभव राम्रो छ काठमाडौँ उपत्यका भित्रै शिविर सञ्चालन गर्ने पाइयो । आइएसएमटी कलेजसँगको सहकार्य उत्कृष्ट भएको छ । हालसम्म ५० जनाको चेकजाँच गरे सुगर र प्रेसरका बिरामीहरू धेरै हुनुहुन्छ ।’
आइएसएमटी कलेजका विद्यार्थी निश्चल खड्काले युनिभर्सिटीबाट प्रयोगात्मक अभ्यासको रूपमा उक्त शिविर सञ्चालन गर्ने लगाइएको बताएका छन् ।
त्यस्तै स्वास्थ्य शिविरमा परीक्षण गर्ने आएकी दमला तामाङ डाक्टरले चेकजाँच गरेर औषधि दिएकोमा खुसी व्यक्त गरेकी छन् ।
आइएसएमटी कलेज र मध्यपुर अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर
आइएसएमटी कलेज र मध्यपुर अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर
Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, May 7, 2022































प्रतिक्रिया