डोटीमा जीप दुर्घटना : दुई जना घाइते, एक जनाको अवस्था गम्भीर

डोटीमा जीप दुर्घटना : दुई जना घाइते, एक जनाको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

डोटीमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दीपायलतर्फ आइरहेको शिलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

दीपायल सिलगढी नगरपालिका-१ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको हो।

दुर्घटनामा २५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् । जीपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा गम्भीर घाइते भएका छन्। घाइते थापाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo