कामिरिता शेर्पाले तोडे आफ्नै रेकर्ड, २६ औं पटक सगरमाथा आरोहण

कामिरिता शेर्पाले तोडे आफ्नै रेकर्ड, २६ औं पटक सगरमाथा आरोहण

केन्द्रबिन्दु
0
Shares

आरोही कामिरिता शेर्पाले २६औँ पटक सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। कामिरिता ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका हुन् ।

कामिरितासहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको छ। कामिरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ। उनले २०१८  मे १६ मा २२औँ पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए।

उनले पहिलो पटक १९९४ मे १३ मा सगरमाथाको आरोहण गरेका थिए। उनको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत रहेको छ।

यसपटक कामिरितासँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निग्मा तासी शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार रहेका छन्।

Skip This
Skip This
Logo