देउवाले प्रधानमन्त्रीसँग पार्टी साटे : केपी ओली

देउवाले प्रधानमन्त्रीसँग पार्टी साटे : केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले पदका लागि पार्टी सिध्याएको बताएका छन् ।  

चितवनको भरतपुरमा जारी चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका सभापति देउवामाथि पदका लागि पार्टी समाप्त गरेको टिप्पणी गरेका हुन्। 

‘नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् के हेरेर बसेका छन्,’ ओलीले भने, ‘पार्टी सिद्धियो नेपाली कांग्रेस, मैले केही भनिरहनुपर्दैन।’
उनले कांग्रेसका कार्यकर्ताहरु प्रति सहानुभूतिसमेत व्यक्त गरे।

‘कार्यर्तासँग केही छैन। बिचराहरुको कति मुटु पोलेको होला, कति मत दुखेको होला। छाती समातेर बसेका होलान्,’ ओलीले भने।

Logo