स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा भने नेकपा माओवादी केन्द्रका तर्फबाट वडाअध्यक्षमा उम्मेदवार बनेका ३ जना एमाले प्रवेश गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर १३, १५ र २४ वडाको माओवादीका तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनेका ३ जना एमाले प्रवेश गरेका हुन् । वडा नम्बर २४ का वडाध्यक्ष पदका उम्मेदवार राजेन्द्र श्रेष्ठसहित माओवादी परित्याग गरि २४ जना एमाले प्रवेश गरेको एमालेले जनाएको छ। उनीहरूलाई एमाले काठमाडौँ जिल्लाका सचिव राजेश शाक्यले टीका लगाएर एमाले प्रवेश गाराएका थिए।
त्यस्तै माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल र १५ को वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन पनि माओवादी परित्याग गरी एमाले प्रवेश गरेका छन् । त्यस अवसरमा एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताएका थिए।





























प्रतिक्रिया