भोलि साेमबार कमलपोखरीकाे माटोको टिका लगाएर बालुवाटारसम्म मार्चपास हुने भएकाे छ ।
संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनविरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने अभियानसहित बृहत नागरिक अभियान अन्तर्गत भोलि मार्चपासकाे आयोजना गरिएकाे अभियान्ता युग पाठकले जानकारी दिएए ।
सोमबार दिउँसो २ बजे सुरु हुने मार्चमा कलात्मक प्रस्तुती पनि बृहत् नागरिक आन्दोलन अभियान्ताले जनाएकाे छ । वृहत् नागरिक आन्दोलनले निरंकुशता, स्वेच्छाचारिता र प्रतिगमनको बिम्ब बनेको बालुवाटारलाई चुनौती दिन बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम
अनुरुप ‘बालुवाटार मार्च’ कार्यक्रम तय भएको अभियान्ताकाे भनाइ छ ।































प्रतिक्रिया