स्थानीय निर्वाचन : उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन

स्थानीय निर्वाचन : उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

आगामी शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि आज मङ्गलवार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ ।

स्थानीय निर्वानमा उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । मौन अवधि सुरु भए, प्रचार प्रसार, भेला र सभा सम्मेलन गर्न पाउने छैनन् । भने सामाजिक सञ्जालमा समेत प्रचार प्रसारमा रोक लगाइएको छ । साथै मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न पनि निर्देशन दिएको छ।

निर्वाचन सामग्री हटाएर नहटाएको तथा नयाँ प्रचार सामग्री राखेर नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर ब्युरोलाई दिइएको छ ।

Logo