विदुर बिष्टले दिए एन्फा अन्तर्गतको कमिटीबाट राजीनामा

विदुर बिष्टले दिए एन्फा अन्तर्गतको कमिटीबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

पूर्व फुटबल खेलाडी विदुर बिष्टले अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गत रहेको लिग कमिटी र क्लब समन्वय कमिटीबाट राजीनामा दिएका छन् । 

अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकबीच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकाले छानबिन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको विष्टले जानकारी दिए ।

हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकबीच असमझदारी भई विवाद बढ्न गएकाले अखिल नेपाल फुटबल संघले उक्त असमझदारीका सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।

Logo