महिला भलिबलको प्रारम्भिक टोली घोषणा

महिला भलिबलको प्रारम्भिक टोली घोषणा

केन्द्रबिन्दु
0
Shares

चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि नेपाल भलिबल संघले प्रतिभा मालिलाई समेत समेट्दै मंगलबार पहिलो चरणमा ३५ महिला खेलाडी छनोट गरेको छ । 

संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगबाट ३५ खेलाडी छनोट गरेको हो । 

पहिलो चरणमा छनोट हुन सफल खेलाडीहरुमा चोट मुक्त हुँदै गरेकी प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगती नाथ, सरस्वती जैशी, कामना बिष्ट, लक्ष्मी चन्द, पुनम चन्द र शान्तिकला तामाङ रहेका छन् ।

त्यस्तै निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रीमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेश्मा भण्डारी, हिरा केसी, उषा बिष्ट र मनिषा खाँड पनि प्रारम्भिक टोलीमा अटाएका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।

एसियन गेम्स भने चीनमा बढ्दो कोरोना महामारीलाई कारण देखाउँदै स्थगित भइसकेको छ  । यसअघि एसियन गेम्स भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका थियो । नेपालले एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो ।  

Logo