नेप्सेको उकालो यात्रा कायमै, कारोबार रकममा पनि सुधार

नेप्सेको उकालो यात्रा कायमै, कारोबार रकममा पनि सुधार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको चौथो दिन बुधबार (आज) पनि शेयर बजारमा अच्च अंकको वृद्धि भएको छ । मंगलबार ४४.१६ अंकले बढेको बजार आज पनि ५६.०६ अंकले बढेर २ हजार ३६९.०६ विन्दुमा पुगेको हो ।

बुधबार २२९ वटा धितोपत्रको ५३ लाख ३३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब १६ करोड ६९ लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबार १३ वटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको ४ दशमलव ९७ प्रतिशतले बढेको हो । 

त्यस्तै, आज ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयर मूल्य बढ्ने कम्पनीमा नेपाल फाइनान्स, नेशनल हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, राद्यी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्त, गणपति लघुवित्त, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर हुन् । कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरको १० करोड ५९ लाख ७४ हजार ९० रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।  

 

Skip This
Skip This
Logo