प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन नजिक आएसँगै विवाद सुरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन नजिक आएसँगै विवाद सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । सभापति शेरबहादुर देउवाले आफूखुशी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन् ।

महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले सभापतिले तत्काल निर्णय नसच्याए धर्नादेखि आमरण अनसन बस्नेसम्मको चेतावनी दिएका छन । यता देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वभाविक भएको दाबी गरेका छन । नेता मिन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गरे । उनले विधानअनुसार ६ महिनाभित्र नै पार्टीका विभाग लगायत सबै अंगहरुलाई विस्तार गर्ने प्रयास गरेपनि सहमति जुट्न नसकेकाले अहिले विस्तारको काम भएको दाबी गरे ।

त्यस्तै महामन्त्री शशांक कोइरालाले सभापतिले विधान विपरित गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाए । पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उनको भनाइ छ । सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उनको भनाइ छ ।

सभापति देउवा विधान विपरित अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणवद्ध आन्दोलनको तयारी गरेको छ । विधान विपरित भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनसन बस्नेसम्मका दबाबमुलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ । कांग्रेसको विधानतः ४ वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठन विस्तार गरेका हुन् ।

Logo