सर्लाहीको धनकौलमा झडप, एक दर्जन बढि हवाई फाएर, मतदान प्रभावित

सर्लाहीको धनकौलमा झडप, एक दर्जन बढि हवाई फाएर, मतदान प्रभावित

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप भएको छ ।

धनकौल गाउँपालिका-२, पशु सेवा केन्द्र मतदान स्थलमा झडपले उग्र रुप लिएपछि स्थिती नियन्त्रणमा लिन सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद तथा झडप भएपछि स्थिती नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी  गौतमले बताए । 

कार्यकर्ताहरूबीच ढुंगा हानाहान समेत भएको छ । विवाद भएको ठाउँमा स्थिती नियन्त्रणमा लिन नेपाली सेनाका सुरक्षाकर्मी समेत खटाइएको छ । त्यहाँ हाल मतदान कार्य अवरुद्ध भएको छ । त्यस्तै बलरा नगरपालिका-१, हथियौल स्थित मतदान स्थलमा पनि विवादका कारण मतदान कार्य अवरुद्ध भएको प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए । 

त्यस्तै, कौडेना गाउँपालिका-६ श्री जनता आधारभूत मतदान स्थलमा समेत नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर अगाडिबाट सूचारु भएको छ ।
 

Skip This
Skip This
Logo