देउवाले चुनाव सार्न औपचारिक प्रस्ताव गर्नुभएको थियो, हामीले मानेनौ : केपी ओली

देउवाले चुनाव सार्न औपचारिक प्रस्ताव गर्नुभएको थियो, हामीले मानेनौ : केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मा वि मतदान केन्द्रमा गई मतदान गरेका ओलीले देश अब दुई दलीय प्रणालीमा गएको प्रतिक्रिया दिएका छन् । 

ओली श्रीमती राधिका शाक्यसँगै गएर मतदान गरेका थिए । मतदानपश्चात् ओलीले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको बताएका छन् । वैशाख ९ गते स्थानीय चुनाव पर सार्न देउवाले गरेको प्रस्ताव अस्वीकार गरेको ओलीले बताए ।

 ‘उहाँले  वैशाख ९ गते मलाई स्थानीय तहको निर्वाचन पर सारौँ भन्ने औपचारिक प्रस्ताव गर्नुभएको थियो । अनि धाक लगाउने त कुरै भएनु, ओलीले भने ुमैले अस्वीकार गरेर देशलाई द्वन्द्वतिर नधकेल्नुस् । अलोकतान्त्रिक बाटो नहिँड्नुस भनेर उहाँलाई अलिक राम्रैसँग खबर पठाइदिएँ ।’

एमाले सहमत नभएपछि र कानुनी रुपमा पनि बाध्यता परेपछि सत्ता गठबन्धन् निर्वाचन गर्न बाध्य भएको उनले बताए । ुनिर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानुनले बाध्यता भएपछि उहाँहरू तयार हुनुभएको होु, ओलीले भने ुगफै नगरे हुन्छ कि । ९ गते अस्ति ९ गतेसम्म । आज २० गते भयो अस्ति ९ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवा जिले मसँग प्रस्ताव पठाइरहनुभएको थियो ।

 आफूले यो कुरा आज पहिलो पटक सार्वजनिक गरेको समेत ओलीले बताए । उनले भने, ुशंका होइन कि सप्रमाणको कुरा बाहेक मैले यो कुरा अहिलेसम्म भनेको थिएन । यस्ता राजनीतिक संवादका कुराहरू साधारणतया भनिदैनन् । तर अब निर्वाचन सम्पन्न हुने स्थितिमा पुग्दाखेरि भन्दापनि केही फरक नपर्ने भएकाले भन्दा पनि हुन्छ ।

गठबन्धन सुरूदेखि नै निर्वाचन गर्ने पक्षमा नरहेको उनको भनाई छ । ओलीले निर्वाचनका लागि धेरै पापड बेल्नुपरेको समेत बताए । उहाँहरूको नियत हामीलाई पहिलेदेखि नै थाहा छ । गठबन्धनका अनेक नेताले आगामी चैतमा मात्रै चुनाव गर्नुपर्छ भनेको हामीले सुनेकै होु, ओलीले भने, उहाँहरूले मुद्दामा गएर हुन्छ कि झगडा गरेर हुन्छ की अनेक प्रयास गर्नुभएकै हो । त्यसकारण यो सब केही होइन हामी खुरू निर्वाचन गर्न लागिरहेका थियौँ भन्ने कुरा गलत हो । यो निर्वाचनका लागि हामीले धेरै पापड बेल्नुपरेको थियो ।

यो निर्वाचन दुई महिना अगाडि हुनुपर्ने निर्वाचन भएपनि समयभित्रै सम्पन्न हुन गइरहेको बताउदै ओलीले जनतामा निर्वाचनको व्यग्र प्रतिक्षा रहेकोले सहभागिता पनि उत्साहजनक रहेको बताए । ओलीले केही ठाउँहरूमा गठबन्धनका तर्फबाट आक्रमण गर्ने प्रयास भएको बताउदै लोकतान्त्रिक संस्कार, मूल्य, मान्यताको अभावका कारण त्यस्ता घटनाहरू भएको प्रतिक्रिया दिए । यो निर्वाचन एउटा पार्टीले भन्दापनि लोकतन्त्रले जित्नुपर्ने ओलीले बताए ।

एउटा पार्टीले जित्छ की जित्दैन भन्ने भन्दा पनि लोकतन्त्रले जित्नुपर्छ । लोकतान्त्रिक संस्कारले जित्नुपर्छ । स्वस्थ लोकतान्त्रिक तरिका र परिपाटीबाट अगाडि बढाउनुपर्छु, ओलीले भने, ुपार्टीले जित्छ कि जित्दैन भन्ने होइन लोकतन्त्रले जित्नुपर्छ । हामीले लोकतान्त्रिक अभ्यासलाई स्वस्थ लोकतान्त्रिक परिपाटी र अभ्यासबाट अगाडि बढाउनुपर्छ ।

तर गठबन्धनकै नेताहरूले गीत जनि जसरी पनि जित्नुपर्छ भन्ने ढंगले गाउने, ट्रेन गर्ने गरेकोले केही ठाउँहरूमा अलिकति अवान्छनिय खालका घटनाहरू घटेको ओलीले बताए । त्यसका बाबजुद देशभर उत्साहजनक रूपमा मतदान भएको भन्दै उनले निर्वाचनले जनअनेपक्षा अनुसार अपेक्षित परिणाम ल्याउने विश्वास व्यक्त गरे । त्यसै परिणामबाट भयभित भएर कतिपयले अवान्छित तौरतरिका अपनाएको भन्दै उनले त्यस्ता क्रियाकलापले जनताको विजय रोक्न नसक्ने समेत दाबी गरे ।

 मत लगभग बाकसमा आइसकेको भन्दै उनले परिणाम मतदाताको पक्षमा आउने र पाँच दल भन्दा धेरै बढी मत एमाले एक्लैलाई आउने दाबी गरे । अर्को प्रसङ्गमा ओलीले अब देश मुलतः दुई दलीय प्रणालीमा गएको बताउदै ओलीले अरू एउटै पार्टी भए वा मिलिजुली आए पनि एमालेलाई फरक नपर्ने दावी समेत गरे । ुएमाले एकातिर एउटा पार्टी एउटा पक्षको रुपमा । गठबन्धन अर्कातिर  अर्को पार्टी अर्को पक्षको रुपमा छ । अब मूलतः दुई दलीय प्रणालीतर्फ देश गएको देखिन्छु, ओलीले भने ुआखिर कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन । वडासम्म पनि एक्लै लड्ने हिम्मत गरेन भने अब क्रमशः दुई दलीय प्रणालीतर्फ यो जान बाध्य भयो ।

ओलीले एमाले एकातिर बाँकी सबै दलहरू अर्कोतिर भएपनि एमालेलाई फरक नपर्ने समेत बताए । ओलीले भने, एमाले एउटा दल र अरू मिलिजुली अर्को दल यसखालको अवस्था बन्ने भो । उहाँहरू एउटै दल बनाएर आएपनि वा विभिन्न दल भनेर कच्याङ कच्याङ गर्दै हामीसँग संयुक्त भएर मुकाबिला गरेपनि केही फरक पर्दैन । हामी आफ्नो तयारीमा छौ । हामी आफ्नो ढंगले चुनाव लड्छौ ।
 

Logo