संसद् भवनको गेटमा एलपीजी ग्यास विस्फोट

संसद् भवनको गेटमा एलपीजी ग्यास विस्फोट

केन्द्रबिन्दु
0
Shares

नयाँ बानेश्वरस्थित संसद् भवनको गेट १ मा एसपीजी ग्यास विस्फोट भएको छ । बिहीबार मध्यरातमा अज्ञात समूहले ग्यासमा आगो लगाइ हिँडेको र केही क्षणमै उक्त ग्यास पड्किएको प्रहरीले जनाएको छ  ।

ग्यास विस्फोट भएपछि मानवीय क्षति नभए पनि आसपासका घरहरूको सीसामा क्षति पुगेको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनाललीले बताए । उनले भने, ‘अज्ञात व्यक्तिले बिहीबार मध्यरातमा खाना पकाउने एसपीजी ग्यास ल्याइ आगो लगाइदिँदा विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि आसपासका घरहरूको सीसामा क्षति पुगेको छ ।

संसद् भवनको गेट १ मा पर्चा भेटिए पनि कुन समूहको हो भनेर नखुलेको उनले बताए । ग्यास राखेर फरार रहेका व्यक्तिको खोजीकार्य तीव्र पारिएको उनले बताए ।

Logo