बैतडीका ७० वर्षीय एक वृद्धको भोट हाल्ने सपना अधुरै रहेको छ। पाटन नगरपालिका- ६ टुडेगैरका कमलसिंह विष्टलाई स्टेचरमा राखेर मतदान स्थलसम्म लगिएको थियो। मतदानस्थल पुग्ने बितिक्कै उनलाई भोट हाल्न चाँजोपाँजो मिलाइएको भए पनि उनको भोट नहाल्दै मृत्यु भएको छ।
उनका आफन्त वसन्त बिष्टले भने,‘उहाँ बिरामी हुनुहुन्थ्यो। आफैँले भोट हाल्छु भनेपछि मतदानस्थल पुर्याएका हौँ। तर, पुग्ने बितिक्कै बेहोस हुनुभयो। अस्पताल लैजाने तयारी गर्याैँ। तर, उहाँको मृत्यु भइसकेको थियो।’
कांग्रेसका क्रियाशील सदस्यसमेत रहेका मृतक विष्ट विकास निर्माणका कामहरूमा सरिक हुने गरेका थिए। उनी स्थानीय सिँचाइ उपभोक्ता समितिका अध्यक्षसमेत थिए। दीर्घरोगी विष्ट लामो समयदेखि नियमित औषधि सेवन गर्दै आएका थिए।





























प्रतिक्रिया