सप्तरीको पिपरा मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

सप्तरीको पिपरा मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

केन्द्रबिन्दु
0
Shares

सप्तरीकाे राजगढ गाउँपालिका वडा न ४ पिपरा अधारभुत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुबै समूहका ७ जना घाइते भएका छन् ।  

शान्तिपूर्ण तरिकाले मतदान भईरहेको बेला १०/१५  जना माेटरसाईकलमा लाठी लिएर आएका एमालेका कार्यकर्ताले बुथ बाहिर बसिरहेका कांग्रेस कार्यकर्तालाई  कुटपिट गरेको काँग्रेस वडा नं ४ का  उमेदवार हेमनरायण साहको आरोप छ ।

एमाले कार्यकर्ताकाे कुटाइबाट कांग्रेसका ५ जना कार्यकर्ता गम्भीर घाइते भएका छन्। कुटपिटबाट टेक नरायण भन्ने चन्द्रनरायण साह,गणेशी साह,प्रशुराम साह,संजय साह,सुरुज नरायण साह घाइते भएका हुन्। घाइतेमध्ये अधिकांशकाे टाउकाे फुटेको छ । 

कुटपिटमा एमालेका दुई कार्यकर्ता पनि घाइते भएका छन् । घाइते हुनेहरूमा  जयप्रकाश मण्डल र इन्द्रजित मण्डल रहेका छन् । घाइते सबैको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo