उदयपुरको कटारीमा गोली चल्यो : एक जनाको मृत्यु, एक जना घाइते

उदयपुरको कटारीमा गोली चल्यो : एक जनाको मृत्यु, एक जना घाइते

केन्द्रबिन्दु
0
Shares

उदयपुरको मतदान केन्द्रमा प्रहरीले चलाउँदा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेमा रहेको जनता कालिका माविको मतदान केन्द्रमा सामान्य विवाद हुँदा प्रहरीले गोली चलाएको हो।     

मतपेटीका सिलबन्दी गर्ने क्रममा विवाद हुँदा गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिए। उनले भने, ‘मतदान सकिएपछि अन्तिम समयमा गोली चलेको जानकारी आएको छ।

गोली लागेर कटारी नगरपालिका– १० सोरुङछबिसेका स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गौरबहादुर कटुवालका भतिज १९ वर्षीय नवीन भन्ने बीरबहादुर कटुवालको ज्यान गएको हो। त्यसैगरी घरमा बसिरहेको १३ वर्षिय बालक मोहन श्रेष्ठको घुँडामा गोली लागि घाइते भएका छन्।

Logo