लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । विष्टले ६ सय ८९ मत पाएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याएकी थिइन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका-१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनी एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए । वडा ३ र ५ को वडाध्यक्षमा निर्वाचन भएको थियो । यी वडाको मतपरिणाम प्राप्त भएको छैन ।

Logo