हेटौंडा उपमहानगरपालिकाको एक हजार २५० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। हेटौंडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ।
एक हजार २५० मत गन्दा मेयरमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ३८८ मत प्राप्त गर्दै अग्रता लिएकी हुन्।
नेकपा एमालेको तर्फबाट अनन्त पौडेलले ३७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले ३४२ मत प्राप्त गरेका छन्।
यसैगरी उपमेयरमा गठबन्धनको नेपाली कांग्रेसका राजेश बानियाँले ५७५ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने एमालेकी सुमित्रा काफ्लेले ४०८ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ८८ मत प्राप्त गरेकी छिन् ।





























प्रतिक्रिया