तनहुँको शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको अग्रता

तनहुँको शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको अग्रता

केन्द्रबिन्दु
0
Shares

तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। सार्वजनिक मतपरिणामअनुसार नगरप्रमुखमा काङ्ग्रेस उम्मेदवार कृष्णराज पण्डितले ५०९ मत प्राप्त गरेका छन्।

गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का खुमबहादुर विकले ३५४ मत प्राप्त गरे। नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार मुक्तिनाथ तिमिल्सिनाले ३८९ र उपप्रमुख उम्मेदवार फूलमाया वाग्लेले ३९० मत प्राप्त गरेका छन्। 

हालसम्म शुक्लागण्डकी नगरपालिका वडा नम्बर १, २, ३ र ४ को एक हजार मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएको छ । 

यस्तै म्याग्दे गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले मतान्तर बढाएका छन्। वडा नम्बर १, २ र ३ को दुई ६८१ मतगणना सकिँदा श्रेष्ठले एक हजार ३५६ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार मायादेवी रानाले ९६० मत प्राप्त गरेकी छिन्। उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरेको अग्रता कायमै छ। घिमिरेले एक हजार २६७ मत प्राप्त गर्दा एमालेकी रत्नादेवी घिमिरेले एक हजार ६७ मत प्राप्त गरेकी छिन् ।

घिरिङ गाउँपालिकामा एक हजार ६२१ मतगणना हुँदा नेकपा (एमाले)का अध्यक्ष उम्मेदवार होमबहादुर थापाले ८८६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार गङ्गा कुमालले ६२० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उपाध्यक्ष उम्मेदवार राधादेवी अधिकारीले ९२४ र नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष उम्मेदवार पूर्ण थापाले ३८२ मत प्राप्त गरेका छन्।

बन्दीपुर गाउँपालिकामा एक हजार ८६५ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष उम्मेदवार पूर्णसिंह थापाले ६१७, नेकपा (एमाले)का अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले ५४५ र नेपाली कांग्रेसका उम्मेदवार ध्रुवलाल प्रधानले ५१८ मत प्राप्त गरेका छन् ।

Logo