काभ्रेमा १६ वटा वडाहरूमा अन्तिम नतिजा, कुन दलले कहाँ जिते ?

काभ्रेमा १६ वटा वडाहरूमा अन्तिम नतिजा, कुन दलले कहाँ जिते ?

केन्द्रबिन्दु
0
Shares

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको यतिबेला मतगणना जारी छ। काभ्रेमा १३ वटा स्थानीय तहमा १३५ वडाको मतगणना जारी रहेको हाे।

१३ वटा स्थानीय तहमा कतै सहजै मतगणना शुरु भएको छ भने कतै विवादका कारण रोकिएको छ । पाँचखाल नगरपालिका बाहेकका अन्य पालिकामा भइरहेकाे गणनाअनुसार हालसम्म नेकपा एमालेले ७ वटा वडा, नेपाली कांग्रेसले ५ वटा वडा, नेकपा माओवादी केन्द्रले ३ वटा वडा र स्वतन्त्रबाट एउटा वडामा जित हात पारेका छन् । १६ वटा वडाकाे अन्तिम नतिजा अनुसार यस्ताे छ अवस्थाः

हालसम्मको मत परिणाम

बनेपा नगरपालिका :
बनेपा १ नेकपा एमाले, 
बनेपा २ नेपाली कांग्रेस,

पनौती नगरपालिका :
पनौती २ मा नेकपा एमाले,

धुलिखेल नगरपालिका :
धुलिखेल १ मा नेपाली कांग्रेस,
धुलिखेल २ मा नेकपा एमाले
धुलिखेल ३ मा नेकपा एमाले,

मण्डनदेउपुर नगरपालिका :
मण्डनदेउपुर १ मा नेकपा एमाले,
मण्डनदेउपुर २ मा नेपाली कांग्रेस,

भुम्लु गाउँपालिका :
भुम्लु १ मा नेकपा माओवादी केन्द्र,
भुम्लु २ मा नेपाली कांग्रेस,
भुम्लु ३ मा नेकपा एमाले

चौरीदेउराली गाउँपालिका :
चौरीदेउराली १ मा नेपाली कांग्रेस,

रोशी गाउँपालिका :
रोशी १ मा नेकपा एमाले,

नमोबुद्ध नगरपालिका :
नमोबुद्ध १ मा स्वतन्त्र (घोडा)

महाभारत गाउँपालिका :
महाभारत १ मा नेकपा माओवादी केन्द्र

खानीखोला गाउँपालिका :
खानीखोला १ मा नेकपा माओवादी केन्द्र ।

Logo