वीरगंज महानगरपालिकामा बदर मतको संख्या अत्यधिक रहेको छ । हालसम्म गणना गरिएको मतमध्ये मेयरमा ९३१ मत बदर भएको छ भने सदर मत २ हजार ६४८ रहेको छ ।
त्यस्तै उपमेयरमा भने सदर मत भन्दा बदर मत बढी रहेको छ । उपमेयरको सदर मत १७०६ हुँदा बदरको संख्या १८७३ रहेको छ ।
महानगरका वडा १,२,३१ र ३२ मा जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) काे दोब्बर भन्दा बढिको मतान्तर रहेको छ । जसपाको १८१० मद आउँदा नकपा एमालेको ७४७ मत आएको छ भने राप्रपाको ४५ मत रहेको छ ।
त्यस्तै ३०७८ मत गणना हुँदा उपमेयरमा कांग्रेसको १३३७, लोसपाको १८३ गुलाब १०२ र हलो ७२ मत रहेको छ ।































प्रतिक्रिया