कांग्रेस–माओवादी र एमाले–राप्रपाबीच चुनावी तालमेल भएको भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् । पछिल्लो समय अग्रता लिएकी दाहाललाई सुवेदीले उछिनेका हुन् ।
पछिल्लो परिणामअनुसार रेनुले १५४१ मत ल्याएकी छन् भने सुवेदीले १६११ मत ल्याएर अग्रस्थानमा रहेका छन् ।
त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् भने उपमेयरतर्फ कांग्रेस उम्मेदवारको १७७५ मत आएको छ । राप्रपाका उम्मेदवारले १२४२ मत ल्याएका छन् ।































प्रतिक्रिया