दोहा कतार ।
नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम विदेशबाट यात्रा गर्दा पछिल्लो ७२ घण्टा भित्रको कोरोनाको PCR टेस्ट गरी नेगेटिभ भएको प्रमाणित भएमा मात्र यात्रा गर्न पाइने प्रावधान छ तर कतारमा कतिपय यात्रुहरूले कोरोना टेस्टको रिपोर्ट नबुझ्दा विमानस्थलमा समस्या भएर फर्किनु परेको छ ।
कोरोना चेक गरे पश्चात् पछि प्राप्त पेपरमा “Covid-19 PCR Negative” प्रस्ट सँग लेखिएकोले मात्र यात्रा गर्न पाउँदछन तर आज बिहान कतारको हमाद विमानस्थलमा पुगेका लगभग आधा दर्जन यात्रुहरूको रिपोर्टमा “Covid-19 PCR Inconclusive” अर्थात् अनिर्णायक लेखेको पाइयो ।
यहाँको अस्पतालको व्याख्या अनुसार उक्त नतिजा भएकाहरूले २४ घण्टा पछि पुनः “डाक्टरलाई भेट्नु पर्ने” र “यात्रा गर्न नमिल्ने” भनिएको हो तर यात्रुहरूले यति सामान्य कुरामा ध्यान नदिंदा समस्या उत्पन्न भएको हो । आफ्नो कोरोनाको नतिजा पेपरमा “Covid-19 PCR Negative” छ या छैन राम्रो सँग चेकजाँच गरेर मात्र यात्रा गर्न नेपाली राजदूतावास कतारका द्वित्तिय सचिव प्रवीण भट्टराईले यात्रुहरुलाइ आग्रह गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड-१९ का कारणबाट प्रवासमा असहज परिस्थितिमा रहेका नागरिकलाई स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” बमोजिम दोहाबाट हिमालयन एयरलाईन्सले ३४ औँ सहजिकरण उडान गरेको छ । उक्त उडान मार्फत १४१ जना नेपाल फर्किएको जानकारी नेपाली दूतावासका तर्फबाट प्रोटोकल डियुटिमा खटिएका द्वित्तिय सचिव भट्टराईले दिएका छन् । लकडाउन यता कतारबाट हालसम्म कुल ६ हजार ४७४ जनासहित ४८ वटा शव नेपाल पुगिसकेका छन् ।































प्रतिक्रिया