पाल्पाका दुई पालिका एमालेले जित्यो

पाल्पाका दुई पालिका एमालेले जित्यो

केन्द्रबिन्दु
0
Shares

पाल्पा जिल्लाका दुईवटा पालिकामा एमालेले जितेकाे छ। पूर्वखोला गाउँपालिका र तिनाउ गाउँपालिका एमालेले जितेको हो। पूर्वखोला गाउँपालिका अध्यक्षमा नुनबहादुर थापाको प्यानल नै विजयी भएको छ। उनी ६ हजार ०३९ मत ल्याई विजयी भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको नेतृत्व गरेका नेकपा एसका मिनप्रसाद गिरीलाई ४ हजार ७८२ मतान्तरले पराजित गरेका हुन्। पराजित गिरीले १२ सय ५७ मत ल्याएका छन्।

उपाध्यक्षमा  एमालेकी भागिरथि भट्टराई ५ हजार ८९४ मतसहित विजयी भएकी छन्। दोस्रो स्थानमा रहेकी कांग्रेसकी विष्णुकुमारी आचार्यले २२ सय ५० मत ल्याइन्।

निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार पूर्वखोलामा ६ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ। वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन्। 

पाल्पाकै तिनाउ गाउँपालिकामा एमालेले जित हासिल गरेको छ। एमालेका प्रेम श्रेष्ठ ५  हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन्। ४ हजार ४४६ मत ल्याएका माओवादीका राजेश श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहँदै पराजित भए । उपाध्यक्षमा कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत पाए । एमालेकी सावित्रा राना गुरुङ ४ हजार ४६५ मत पाइन् ।

पाल्पाका १० पालिकामध्ये अहिलेसम्म दुई वटाको मात्रै अन्तिम नतिजा आएको हो।

Logo