कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता

कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता

केन्द्रबिन्दु
0
Shares

कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिएका छन् । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार कार्कीले तीन हजार ५५१ मत पाएका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका रामशरण ढुङ्गानाले तीन हजार १०७ मत ल्याएकोको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए । 

नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णहरि थापाले एक हजार ३१ मत पाएका छन् । थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित भएका थिए । नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु फुयाँलले २६८ मत पाएका छन् । 

यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले तीन हजार ९२५ मतका साथ अग्रता कायम गरेकी छन् । ऊनलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रका भोला चापागाईँले एक हजार ७८८ मत पाएका छन् । समाजवादीका सरस्वती नेपालको ५१९ मत र राप्रपाका उम्मेदवारले ४३५ मत पाएका छन् ।

Logo