हालसम्म देशभरका ७५३ पालिका मध्ये १३३ तहको अन्तिम नतिजा सार्वजनिक भएको छ।
जसमध्ये नेपाली कांग्रेस अग्रस्थानमा छ। उसले ५३ तहमा जित हात पार्दा २४७ तहमा अग्रस्थानमा रहेको छ। यस्तै नेकपा एमालेले ४७ तहमा जित हात पारेको छ। १४४ तहमा अग्रस्थानमा छ। माओवादी केन्द्रले २७ तहमा जित हात पारेको छ भने ९२ तहमा अगाडि छ। एकीकृत समाजवादीले २ तहमा जित र १८ तहमा अग्रस्थानमा छ।
यस्तै स्वतन्त्र उम्मेदवारले ४ स्थानमा जित हात पारेका छन्। २३ स्थानमा स्वतन्त्र, जसपा र राप्रपाका उम्मेदवार अगाडि रहेका छन्।
२ हजार ८५४ वडाको नजिता सार्वजनिक
मुलुकभरका ६ हजार ७४३ वडामध्ये २ हजार ८५४ वडाको नजिता आइसक्दा नेपाली कांग्रेस अग्रस्थानमा आएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेपाली कांग्रेसले एक हजार ६५ वटा वडाको अध्यक्षमा विजय हासिल गरेको छ भने ८८ वडामा अग्रता कायम गरिरहेको छ।
त्यस्तै दोस्रोमा नेकपा एमालेले ८२० वडामा विजयी भएकाे छ । उसले ९५ वटा वडामा अग्रता कायम गरेको छ।
त्यस्तै तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले ४५६ वटा वडाध्यक्ष जितेकाे छ। ३९ वटा वडामा अग्रता लिइरहेको छ। अन्य साना राजनीतिक दल तथा स्वतन्त्रबाट १७७ वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनीहरुले ४३ वडामा अग्रता कायम राखेका छन्।





























प्रतिक्रिया