टी २० अन्तर्राष्ट्रिय क्रिकेट : युगान्डाद्वारा नेपाललाई १०३ रनको लक्ष्य

टी २० अन्तर्राष्ट्रिय क्रिकेट : युगान्डाद्वारा नेपाललाई १०३ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

कीर्तिपुरस्थित टीयू  अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा समेटेको थियो । नेपालका लागि पहिलो ओभरको तेस्रो बलमा नै कविता कुँवरले लियोना बर्वीको विकेट लिएकी हुन् । 

युगान्डाका लागि  ओपनर केविन अविनोले ३० बल खेल्दै १५ रन बनाएकी हुन्। अर्की ओपनर लियोना बर्वी भने दोस्रो बलमा नै बोल्ड आउट भएकी थिइन्। 

तेस्रो क्रममा आएकी निद एम्बाबाजीले ३८ बल खेल्दै ३ चौकासहित २९ रन बनाइन्। यस्तै, फ्राङ्क्लिन नजुम्बोले १२, रिता मुसामालीले १३, रिता न्याङ्गिन्डोले १८ रन बनाइन्। 

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन्। यस्तै, रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान १ विकेट लिएका हुन्। नेपाल र युगान्डाबीच पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको हो। श्रृंखला पाँच खेलको हुने । 

Skip This
Skip This
Logo