सन्दकपुर गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी

सन्दकपुर गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी

केन्द्रबिन्दु
0
Shares

इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको सन्दकपुरमा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार तुलाराम गुरुङ विजयी भएका हुन् ।

उनले ४ हजार २२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उदयबहादुर राईले ३ हजार २५८ मत ल्याए ।

यसैगरी उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हरिबहादुर लुंगेली विजयी भएका छन् । उनले ३ हजार ६३७ मत ल्याउँदा प्रत्यासी एमालेकी तुलसादेवी सेढाईंले २ हजार ९८६ मत  ल्याइन् ।

 

Logo