घोराही उपमहानगरमा एमालेलाई १८२८ मतको अग्रता

घोराही उपमहानगरमा एमालेलाई १८२८ मतको अग्रता

केन्द्रबिन्दु
0
Shares

दाङकाे घोराही उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार नरूलाल चौधरीले  मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार नरूलाले १३ हजार १ मत प्राप्त गरेका छन् । 

निवर्तमान मेयर तथा एमालेका पोलिटब्यूरो सदस्य चौधरीले १८२८ बढी मतले लिड गरिरहेका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)ले ११ हजार १७४ मत प्राप्त गरेका छन् । सुरूमा गठबन्धनका उम्मेदवार शर्माले चौधरीलाई लिड गर्दै आएपनि पछिल्लो समय चौधरीले मतान्तर बढाउँदै लगेका छन्। 

उपमेयरमा नेकपा एमालेकी हुमाकुमारी डिसीले १२ हजार ५२२ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले  १२ हजार ४५० मत पाएका छन्। सुरूदेखि नै कांग्रेसका डाँगीले अग्रता लिइरहे पनि सोमबारबाट भने एमालेकी डिसीले मतान्तर बढाएकी छिन् । उनीहरूबीचको मतान्तर ७२ मात्रै छ।

Logo