काठमाडौं महानगरमा मतगणनास्थल थपिने

काठमाडौं महानगरमा मतगणनास्थल थपिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको मतगणना सुस्त भएको गुनासो आम जनता र सबैतिरबाट आएपछि मतगणनास्थल थपिने भएका छन्। 

काठमाडौंमा पहिलो दिन तीन ठाउँबाट मतगणना सुरु गरिएको थियो तर मतगणना निकै सुस्त गतिमा अघि बढेकाले सोमबार दिउँसोसम्म संख्या बढाएर पाँच ठाउँमा गणनास्थल बनाइयो । यो संख्या पनि कम भएकाले यसलाई बढाएर सात स्थानमा पुर्याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए। 

हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ। वडा नम्बर १ र वडा नम्बर २ को अन्तिम परिणाम सार्वजनिक भैसकेको छ।

Logo