पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले क्लिनस्वीप गरेको छ। एमालेले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष गरि सबै वडासदस्य पदहरु जित्दै क्लिनस्वीप गरेको हो ।
अध्यक्षमा मुक्तबहादुर सारु ६ हजार ६५२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दप्रसाद अर्यालले ३ हजार ४६६ मत पाएका छन् ।
यसैगरी उपाध्यक्षमा एमालेकै तीरनकुमारी श्रेष्ठ निर्वाचित भएकी छन्। उनले ६ हजार ६३८ मत पाउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत मात्रै पाएका छन्।





























प्रतिक्रिया