वीरगञ्जमा जसपाका सिंह एमालेका सरावगीभन्दा २५ सय ९८ मतले अगाडि

वीरगञ्जमा जसपाका सिंह एमालेका सरावगीभन्दा २५ सय ९८ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले मतान्तरलाई थप फराकिलो बनाएका छन् । 

९ हजार ५३८ मत गणना भइसक्दा सिंहले ४ हजार ६५७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार सरावगीले भने २ हजार ५९ मत ल्याइ सिंहलाई पछ्याइरहेका छन् । 

नेकपा एमालेका उम्मेदवार सरावगी राजेशमान सिंहभन्दा २ हजार ५९८ मतले पछाडि छन् । त्यस्तै राप्रपाका गिरिश गिरीले १५० मत पाएका छन्। सरावगी निवर्तमान वीरगञ्जका मेयर हुन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार १० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४८९ मत पाएका छन्।
 

Skip This
Skip This
Logo