खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

केन्द्रबिन्दु
0
Shares

खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ ।

गठबन्धनकातर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा  कांग्रेसका रुपेश राई विजयी भएका हुन् । एमालेका उम्मेदवार कविता राईभन्दा ३८ मत बढी ल्याएर उदिमबहादुर अध्यक्षमा विजयी भएका हुन् । 

उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा विजयी रुपेशले ३७६३ मत पाएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी एमालेका राजन बञ्जराले ३३१० मत पाएका छन् ।

Skip This
Skip This
Logo