वीरगञ्जमा राजेशमान विजयकुमारभन्दा ४५०९ भोटले अघि

वीरगञ्जमा राजेशमान विजयकुमारभन्दा ४५०९ भोटले अघि

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज महानगरपालिकामा हालसम्म १६ हजार ४४७ मतगणना भइसक्दा मेयरमा जसपाका राजेशमान सिंहले ८ हजार १३१ मतका साथ अग्रतालाई निरन्तरता दिइरहेका छन्। उनलाई पछ्याइरहेका एमालेका विजयकुमार सरावगीले हालसम्म ३ हजार ६२२ मत ल्याएका छन्। 

यसरी हेर्दा राजेशमान विजयकुमारभन्दा ४५०९ भोटले अघि छन्।  तेस्रोमा राप्रपाका गिरीश गिरीले भने २ सय ७३ मत मात्र  पाएका छन् । 

यस्तै उपप्रमुख तर्फ नेपाली कांग्रेसका इम्तियाज आलमले ५ हजार ४२३ मत  ल्याएर अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका लोसपाका पुरुषोत्तमलाल झाले ९१० मत पाएका छन् । 

यस्तै स्वतन्त्र तर्फका उम्मेदवार रम्भा मिश्राले ५९३ मत पाएकी छन् भने राप्रपाकी बीना जयसवालले ४२० मत पाएका छन् ।

Logo