वीरगञ्ज महानगरपालिकामा पछिल्लो मतगणना भइसक्दा मेयरमा जसपाका राजेशमान सिंहले ८ हजार २ सय ७ मतका साथ अग्रतालाई निरन्तरता दिइरहेका छन ।
यस्तैमा उनलाई पछ्याइरहेका एमालेका विजयकुमार सरावगीले हालसम्म ३ हजार ६ सय ३५ मत ल्याई राजेशमानलाई पछ्याइरहेका छन् । यसरी हेर्दा राजेशमान विजयकुमार भन्दा ४५७२ भोटले अघि छन् । तेस्रोमा राप्रपाका गिरीश गिरीले भने २ सय ७३ मत मात्र पाएका छन् ।
यस्तै उपप्रमुख तर्फ नेपाली कांग्रेसका इम्तियाज आलमले ५ हजार ९ सय ९६ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका लोसपाका पुरुषोत्तमलाल झाले ९ सय १४ मत पाएका छन् । यस्तै स्वतन्त्र तर्फका उम्मेदवार रम्भा मिश्राले ५ सय ९३ मत पाएका छन् भने राप्रपाकी बीना जयसवालले ४ सय २० मत पाएका छन् ।
वीरगञ्ज महानगरका वडा नं १, २, ३, ४, ३०, ३१ र ३२ को मतगणना हुँदासम्म ९ हजार ८८ मत बदर भएको छ भने हालसम्म १६ हजार ६४७ मत गणना भइसकेको छ ।





























प्रतिक्रिया