ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो समय चिरिबाबुले ७ हजार ९२० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार ४७६ मत मात्र ल्याएका छन् ।
उपमेयरमा भने एमालेकी मन्जली शाक्य ४ हजार ४५ मतसहित अगाडि छिन् । माओवादीबाट उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले २ हजार ५१७ मत मात्र पाएका छन् । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ ।





























प्रतिक्रिया