भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन् । २० हजार ८८ मतगणना गर्दा दाहालले ६ हजार ७ सय ९४ मत पाएकी छन् ।
एमालेका विजय सुवेदीले ६ हजार ५ सय ४८ मत पाएका छन् । सुवेदी र रेनुको मतान्तर २ सय ४६ छ । सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३ सय ९ मत पाएका छन् ।
उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता चित्रसेन अधिकारीको अग्रता छ । उनले ९ हजार २ सय ४८ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङको खातामा ५ हजार ३ सय ८८ मत पाएकी छन् ।































प्रतिक्रिया